Advertisement

पाठ - चार “मधुमालतीको कथा” -रमेश विकल

Visits

पाठ - चार  “मधुमालतीको कथा” -रमेश विकल

कथाको मूल भाव - 

पाठ - चार  “मधुमालतीको कथा” -रमेश विकल
रमेश विकल ( वि.स. १९८५- २०५६) सामाजिक यथार्थवादी कथाकार हुन् | उनीद्वारा लिखित मधुमालतीको कथा बालमनोवैज्ञानिक कथा हो |प्रगतिशील भावना प्रस्तुत भएको यस कथामा कथाकारले समाजलाई सम्पन्न र बिपन्न गरी दुई वर्गमा विभाजन गरेका छन् | सम्पन्न र बिपन्न गरी दुई वर्गमा विभाजन गरेका छन् | बिपन्न वर्ग प्रति सहानुभूति प्रकट गर्दै सामन्ती वर्गको शोषण अन्याय र अत्याचारलाई बिद्रोह गर्ने कथाकार विकलका कथामा गरिब जनजीवनका समस्या बाध्यता र विवसता वर्गीय द्वन्द्व असमानता अन्धविस्वास जस्ता विषयलाई प्रमुखताका साथ प्रस्तुत गराएको पाइन्छ |

            समाजमा असमानता र वर्ग विभाजन भएपनि बाल मस्तिष्कले त्यसको वोध नगर्ने कुरालाई कथामा शंकर र गौरीको घनिष्ट सम्बन्धबाट पुष्टी गरिएको छ | बालबालिकाले लौकिक र अलौकिक सन्दर्भ र अपरिपक्व मनासिकताले ठुलो र सानो रुपको भेदभाव महसुस गर्न नसक्ने मनोवैज्ञानिक सत्यका कुराहरु कथामा शंकर र गौरीका माध्यमबाट प्रस्तुत गरिएको पाइन्छ | कथामा जस्तै मधुकरको बासुरीले मालती रुपी गौरीलाई बोलाउन चाहनु आफ्नी अमासँग घोडाको माग गर्नु, मधुकरले जस्तै साहसी कम गर्न उत्प्रेरित हुनु,गौरीको सम्पन्नताको वोध नहुनु आदि शंकरको मानो दशा हो भने मालती झैँ मधुकररुपी शंकरलाई पारिवारिक बिरोध भए पनि सके सम्म साथ दिनु, बादलमाथिको सहर जाने इच्छा गर्नु, आफ्नै फुपू दिदीलाई बोक्सी बूढी भन्नु आदि गौरीको बालमनो दशा हो | त्यसैले यो कथा बालमनोवैज्ञानिक कथा कथा हो गौरीको परिवारले शंकरलाईगरेको अपमान,तिरस्कार र घृणाले सम्पन्न वर्गको क्रूर अभिवेकी र अमानवीय सामाजिक यथार्थलाई प्रस्तुत गरेको छ | धनी वर्गले गरिब वर्गलाई मान्छे नै नठान्ने धनीको छोराछोरीसँग हेलमेल गर्न नहुने अन्यायपूर्ण सामन्ती सोच कथामा शंकर र गौरीको घनिष्टतालाई टुक्रा पारिदिएबाटस्पष्ट हुन्छ |

         तसर्थ गरिबको चाहना, इच्छा,आकांक्षा सम्पन्न वर्गको दमनले पूरा हुन नसक्ने तथ्यलाई यस कथामा शंकरको घोडालाई गौरीको मोटरले किचिमिची पारेको प्रसङ्गबाट पुष्टी गर्न सकिन्छ | फुपू दिदीको गालीले गर्दा शंकर बिमारी पर्नु, यस कथाको मनोवैज्ञानिक पक्ष हो | यसरी बालबालीकाको मनोविश्लेषणउनीहरुको भावना वा धारणालाई निकै सुक्ष्म रुपमा प्रस्तुत गरी समाजको वर्गीय विभेदलाई यस कथामा प्रष्ट पारिएको छ |

By Manish Pokharel (M. Ed in Nepali)

Post a Comment

0 Comments