Advertisement

One student - एउटा विद्यार्थी

Visits
One student - एउटा विद्यार्थी
परीक्षाको बेला चार तिर टाउको घुमाऊँछ , आँखा डुलाउँछ , डटपेन टोक्छ अनि निरीक्षक को मुख तिर हेर्छ , फेरी यहि काम दोहोर्याउँछ । हिजो अस्ति चाहिं के गरेछ भने , परीक्षा आउन अझै १० दिन छ, भन्दै बसेछ । १० दिन को भोलिपल्ट ९ दिन छ अझै भन्छ रे । परीक्षा को दुइ दिन अघि सम्म दिन छोट्याउँदै थियो रे । डर भन्ने कुरो कहाँ गएछ - गएछ । दुइ दिन बाँकी हुंदा पो फर्केछ मोरो । अनि अब टुप्पी कसेर पढ्नुपर्यो भनेर किताब अगाडी फिजाएको , अक्षर त फिट्टु बुझिदैन रे तेस्का बाजे ! पांच मिनेट हेरेसी सातो ले काम गरेछ क्यार , बल्ल अक्षर चिन्न थालेछ , धन्न भगवान् । पल्टाउँदै गएछ पाना किताब को, एक पछी अर्को । दुइ दिन मा सकिहाल्छु नि भन्दै पल्टाउँथ्यो रे । आधि घण्टा मा सिंगो किताब नै खाए जस्तो लागेछ क्यार, बन्द गरेर कापी खोलिगो रे अर्को । बिचारा कापी पनि पल्टेको पल्टै भएछ , आधि घण्टा मा पुरै पल्टीसकेसी, अघि को किताब माथि झ्याम्म बजारिएछ बिचरो । सून्दै माया लाग्ने , कठै !

तेत्ति गर्न पाको थिएन , अर्को व्यक्तित्व , ठ्याक्कै उही जस्तै, टुप्लुक्क घर मै आइपुगेर सोधिगो रे, " ओए ! सक्काइस ? मलाइ त केहि आउँदैन हौ , मरे घुस्दैन त दिमाग मा ।" ( कत्तिन कोठा मा बसेर पढ्दा पढ्दा, पहेंलो भएर पनि सेतो भएर आजै मात्र बाहिर निस्किए जस्तो ) जवाफ आइगएछ यता महासय बाट फेरी , " अँ , एक दुइ पल्ट त हेरिसकेँ, अझै हेर्छु ।" ( ठग्न चाहीं ठगेनछ है ? हेरेको त हो नि , एक पल्ट ) दुइ घण्टा बकम्फुसे गफ मारेसी , त्यो व्यक्तित्व बिदा भाको रे, हे दैव ! त्यो गैसकेसी , एस्सो अघि ंथन्क्याको किताब तिर हेर्दा अलिकति सिरिङ्ग त भाको रे , भित्र मन मा नि । आ … भोलि बिहानै, तिनै बजे उठेर पढ्छु भनेर राखेछ, अलार्म पनि लगाको रे मोबाइल मा | तर के भएछ भने नि , अलार्म बज्दोरछ , अनि अब ५ मिनेट सुत्छु भन्दै पोस्टपोन गर्दोरछ, अब पाँचै मिनेट मात्र भन्दै पोस्टपोन गर्दा गर्दै “ छ ” त बजिगको रे , कति छिटो ? हतार हतार झुल फ्याकेर मुख छिटो छिटो धोएर एकदम छिट्टो छिट्टो खाजा खाएर आउदा नि एक घण्टा बितिगएछ | त्येत्ति हतार गर्दा नि कति छिटो एक घण्टा बित्या होला ? घडी ले ठगेछ क्यारे बिचार लाइ, है ? त्यति गरेर अनि बल्ल किताब पल्टाको , हिजो को भन्दा रन्थनिएछ , ल ! दिमाग त | अनि एक दुइ लाइन – एक दुइ लाइन सबै पाठ को पढ्दै जादै गरेछ | अगाडी बढ्दै गाको बिस्तारै , लु बर्बाद ! पछाडी को त खाइसकेछ, हे हैरान ! अनि फेरी पछाडी को पढ्न थाल्या, अगाडी को चैट | अब के पो गर्नु ? लत्तो छाडेछ , कठै ! अनि रात भरि निदाएत, मर्नु | सुतेना रे , तेस्तै सुनेको मैले | भोलि पल्ट बिहान स्केल, पेन्सिल, डटपेन को तयारी गर्दा गर्दै अरु तयारि त गैगएछ नि | चट्ट लुगामा आइरन लगार जांच दिन सेन्टर पुगेको रे ,त्यो पनि डेढ घण्टा पहिलै , पुरै निस्फिक्री भएर है ? संसार खाएर आएजस्तै | के को संसार खानु नि ? बिचार ले प्रवेश पत्र त घर मै छोडेको रे | घर मा त घर मा , तर घर को कून कुनामा, अत्तो पत्तो नभाको हरे भन्ने पनि पत्तो लगाएँ | हस्यांग फस्यांग गर्दै घर पुगेर बल्ल तल्ल भेटेर ल्याएछ | ल्याउँदा ओर्दा सुरु भैगो नि निस्ठुरी परिक्षा , पक्षपात नै गर्यो नि बिचरा लाइ , तर कसले हो ? त्यो चाहिं थाहा भएन है |

Post a Comment

0 Comments