Advertisement

नाटक: खुरापात

Visits

नाटक: खुरापात 

   
 दृश्य १

(बैकुंठे , बिचित्रे , सुब्बे र लालु – गाउँका ४ जना बेरोजगार र बेगारी युवाहरु, गाउँकै एउटा पसलमा बसेर हल्ला गर्दै लुडो खेल्दै छन् )

बैकुंठे : छक्काआआआआआ............. आयो तेस्का बाजे बल्ल | ( एकदम खुसि हुँदै )

बिचित्रे : काँ आयो ? (बैकुंठे का टाउका मा प्याट्ट हान्छ) त्यो छक्का  हो कि एक्का हो बैकुंठे  ? हेर्दैनस राम्रोसंग ? 
एता ले डाइस | (थर्काउदै) छक्काआआआआआआ....... देखिस ????? देखिस हैन ? छक्का भनेको कसरि आउँदोरछ ? दाजु हरुलाई लुडो ले नि चिन्छ | ( गोट्टी सार्दै हास्दै )

सुब्बे : यता ल्या | हाम्रो पालो | हामि नि यासको पुरानै खेलाडी हो नि बिचित्रे  | छाक्कै पाल्टाईदिन्छु , ला जास | थुइया.... दुइ पो आएर मरेछा |

लालु : ( हास्दै ) भाग्य चाहिन्छ सुब्बे ..... भाग्य | या हेर हाम्रो कति औदोरछ | सत्ताआआआआअ ....... देखिस ????? आ यसलाई भान्छा भाग्य | ( हास्दै चाल गन्दै )

बिचित्रे : ( लालु का  टाउकामा प्याट्ट हान्दै ) बुद्धि हेर्न यसको | तलाइ लुडो मा सत्ता कैले देखि आयो ? नाम चाहिँ लालु , मुख हेर न यसको | तास हो सत्ता अठ्ठा आउनलाई ? बैकुंठे ? तेरो पालो चाल मोरा |

बैकुंठे : तैले सिकाउने ? मलाई थाछैन ? या ले | ( गोटी चाल्छ ) थुक्क पिचास.... फेरी एक्कै आएर मरो | ( मुख बिगार्दै )

साला त्येसका बाजे जिन्दगिमा एक्का बाहेक केहि नहुने भो | एस्तो ताल ले कैले धनि हुनु होला खै मैले ?
(लुडो बाट एकछिन ध्यान हटाएर )

लालु : एह्ह्ह्ह.... लुडो खेलेर पैसा कमाउनछस् ? एस्तो ताल ले पैसा कमिन्छ ? भोन त ? पैसा कमाउन त तास खेलेर राम्रो हात मार्नुपर्छ | के बुझिस ?

सुब्बे : थुइया तेरा मोटा बुद्धि !  तास , लुडो , क्यरोम्बोर्ड बाहेक तेरा दिमाग मा केहि छैन ? तास खेलेर घर बन्छ ? नाम नि लालु , अहिले अनुहार नि लाल लाल बनाइदिन्छु तेरा |

बिचित्रे : पैसा कमाउने मसंग एउटा राम्रो उपाय छ | यहाँ सून सबैले | टाउको घुमाउन पनि जन्नुपर्छ कैलकाहिँ | सिधा औला ले घिउ निस्किन्छ ?  यस्ता सुबास नेम्वाङ ताल ले प्रगति हुदैन केटा हो | हल्का प्रचण्ड बुद्धि नि लगाउन जान्न पर्छ |

लालु : पर्चंड बुद्धि !!! खै सुना न हामीलाई नि तेरो पर्चंड बुद्धि |

बैकुंठे : हो ? सुना न त सुना ..... पैसा कमाउन त मलाई नि कस्तो मनपर्छ | ( खुसि हुँदै )

सुब्बे : यसका ताल हेर्न | पैसा कमाउन कस्तो मनपर्छ रे | पैसा कमाउन कसलाई मनपर्दैन ?

बिचित्रे : हल्ला नगर धेर | राम्रोसंग सुन यहाँ | पल्लो गाउँ मा अस्पताल खुलेको ३ वर्ष भैसक्यो , अहिले सम्म डाक्टर ल्याउन सक्या छैनन् रे | हुनत गाउँ मा को आउला र डाक्टर हुन |  अब हामि त्यहाँ जाने , नक्कली डाक्टर बन्ने , उपद्रो पोइसो कमाउने | सब व्यवस्था म मिलाउछु , तिमेरु साथ् मात्रै द्याओ न |                                                                    
लालु : आबुईईइ ..... नक्कली डाक्टरर्रर्र ......? ( चिच्याउदै , आँखा ठुला पारेर )

बिचित्रे : हल्ला नगर भनेको सुन्दैनस ? ओए , यसलाई साइड मा लगेर बना त |

सुब्बे : डाक्टर बन्नलाई सजिलो छ ? देख्या छैनस अस्पतालमा, डाक्टर ले के के बोकी हिन्छ ? लुगा चाहियो , कान मा झुनडाउने चाहियो , अझै कति थोक हुन्छ |

बिचित्रे : सून सुब्बे , डाक्टरको लगाउने लुगा भनेको तेही सेतो कात्रो हो , त्यो सिलाउदा भैहल्छ | डाक्टर को सर्टिफिकेट चाहिं कहाँ बाट ल्याउने हो, त्यो सोच |

लालु : अरे , फिकर नगर ..... त यो लालु कून बेला काम आइहाल्छ ? त फर्जी , डुप्लिकेट , नक्कली सर्टिफिकेट हामि ऊता पारि बाट ल्येहल्छु | हाम्रो बडा राम्रो लिंक छ रे ऊता , हाम्रो पहूँच छ | ( हास्दै )

बैकुंठे :  पारि भन्या कहाँ ? सिन्घ्या पारि ? झोराहाट बाट ल्यौछास ? तेरो काका बस्या छ ऊता सर्टिफिकेट बाड्न ?
लालु :  कराउन्छस ? दिमाग छेन ? पारि भनेको ऊता .... छिमेक मा ... हाम्रो दक्षिण को छिमेक मा ..... बिहार बाट मिलाउन्छु |       ( हास्दै )

बैकुंठे : तेरो काका बसेको छ बिहार मा? सर्टिफिकेट बाड्नलाई  ? खालि वाइहात कुरा गर्छ |

लालु : ( झ्वाकिदै ) के सम्झेछस् रे मलाई ? बिहार मा हाम्रो पहूँच देखेछस ?

सुब्बे : ल भैगो , धेर हल्ला नगर , मायेक को पनि कान हुन्छ भन्ने थाछैन ? यसले ल्याउछ सर्टिफिकेट , अब डाक्टर बन्ने चाहिं को हो ? निर्णय गरौ |

बिचित्रे : यहाँ देखिनस दाजुलाई ? आइडिया मेरो , डाक्टर नि मै भैहाल्छु नि | अनि सुब्बे , पल्लो गाउँ बाट चुनाब जितेको तैले चिनेको सभासद छ हैन ? त्यहाँ अस्पताल मा नियुक्ति गराउने जिम्मा तेरो , फोन लगाएर मिलाइहाल् |
(सुब्बे टाउको हल्लाउछ )

बैकुंठे : हैन केटा हो , थाहा पाए कसैले भने के गर्ने ? मलाई त कस्तो डर पो लाग्न थाल्यो |
सुब्बे : एह्ह्ह .... अघि चाहिँ खुब , मलाई पैसा कमाउन कस्तो ....... मनपर्छ भन्थिस , अहिले चाहिं कस्तो डर पो लाग्न थाल्यो रे |

लालु : अरे ..... माइ को दुध पिएको छैनस रे ? कस्तो नामर्द कुरा गर्छ रे | धेरै गफ् नगर अब , सामान उमान हामि जुटाइहल्छु , डाक्टर बिचित्रे छदै छ, अस्पताल खालि छदै छ , सभासद चिनेको छदै छ , सबै मिलेछ , अब काम सुरु गरिहाल्न पर्छ |

बिचित्रे : फेरी मलाइ कसले चिन्छ र त्यो गाउँ मा ? सब सेट छ केटा हो | सून सुब्बे , तँ चाहिं मेरो पी.ए. (P.A.) बन , बैकुंठे लाइ दबाई बेच्न राख्नुपर्छ | अनि लालु चाहिं के पो गर्छस ?

लालु : हामि ? अरे यार हामीलाई ट्रयाक्टर चलाएको १० साल को तजुर्बा छ रे , हामि एम्बुलेन्स चलाइहाल्छु |

सुब्बे : बन्दिन म पी.ए , सी.ए | म बेच्छु बरु दबाई | मलाई नि जरिबुटि बेचेको अनुभव छ नि |                                                                                                                                                                                                                                 
बैकुंठे : लु भयो, म बन्छु पी.ए., सुब्बे दबाई बेच्छ |

बिचित्रे : ल , डन भयो है केटा हो , आज सबैले सामान जुटा , ऊता को चाजो पाजो मिलाउँ , भोलि देखि सुरु गरिहल्नुपर्छ |

लालु : (हाँस्दै) वाह , अब हामि पनि जागिरे हुने भएछु , तेस्पछी हामि पनि बिहे गर्छु, पुरा बाजा बेण्ड बजाएर |
( सबै जना आफ्नो आफ्नो बाटो लाग्छन, पर्दा झर्छ )

दृश्य २

( सबै कुरा मिलाएर , बिचित्रे डाक्टर को भेष मा छ , बैकुंठे पी.एः को भेष मा छ | डाक्टर को कोठा भित्र को दृश्य छ | )
( पहिलो बिरामी कोठा भित्र आइपुग्छिन् )

बिरामी १ . : मरे नि डाक्टर साब , बिहान देखि टाउको दुखेर , टाउको फुट्नै लागिसक्यो |

बिचित्रे : यहाँ किन आउनु भा त ? डाक्टर लाई गएर भेट्नुस | ( बैकुंठे ले बिचित्रे का टाउका मा प्याट्ट हान्छ ) एः साच्ची, बिर्सेछु |

कहाँ दुख्या रे तपाइको ?

बिरामी १: (रिसाउदै ) टाउको .......

( बिचित्रे बिरामी का टाउका मा स्तेथइस्कोप लगाउछ )

बिरामी १: हैन , तपाइँ डाक्टर नै हो ? यो टाउका मा लगाको त थाहा थिएन मलाई पहिले |

बिचित्रे : ( झ्वांकिदै ) म कसरि डाक्टर हैन ? ( लुगा तिर हेर्दै ) तपाइको गाउ को सभासद लाइ नि सोध्नुस , ओए बैकुंठे ? भन्दे त | ( बैकुंठे तिर हेर्दै , बिरामी तिर हेर्दै )

बिरामी १:  अनि छिटो जाच्नुस न त | यहाँ दुखेर मर्न लागिसके आफु |

बिचित्रे : मैले तपाइको बिराम पत्ता लगाइसके , यो औसधि लिएर जानुस बाहिर बाट , ३ दिन खानुस , च्वाट्टै हुन्छ | ( नबुझिने अक्षर मा जे मन् लाग्यो तेही ख्यास ख्यास लेखेर )

(बिरामी १ पुर्जा लिएर बाहिर निस्किन्छिन )

बैकुंठे : तैले सबै खेला बिगार्लास जस्तो छस , अल्मलेको अल्मलेई गर्छस |

बिचित्रे : अब तेस्तो हुदैन |

( अर्को बिरामी कोठा भित्र आइपुग्छ )

बिरामी २ : ऐया नि हौ डाक्टर साब !!! मर्न लागियो नि हौ | हिजो देखि पेट कटक्क काटेर , दुखेर , ७५ चोटी भैसक्यो पाइखाना गएको | उपचार गर्दिनुपर्यो |                                                                                                                                                                                                                                                                                                                                                             
 बिचित्रे : पाइखाना ???? के हो त्यो भन्या ?

बैकुंठे : ह्या डाक्टर साब , टोईलेट हौ टोईलेट | वहाँ लाई पखाला ले च्यापे जस्तो छ |

बिचित्रे : एह्ह , मलाई थाहा छ | त डाक्टर कि म ? न जाची पखाला भनेर हुन्छ ? ( बिरामी तिर हेर्दै ) खै पेट यता ल्याउनुस |

बिरामी २ : पेट कसरि ल्याउनु डाक्टर साब ? ( कुर्सि सारेर अगाडी सर्छ ) लु जाच्नुस |

बिचित्रे : ( स्तेथइस्कोप् पेट मा लगार सून्दै )  लु....... तपाई लाइ त ठुलो रोग लागेको रछ | तुरुन्त अपरेसन गर्नुपर्छ |

बिरामी २: ठुलो??????? कुन रोग डाक्टर साब ?

बिचित्रे : पेटोलाइटिका हमल|फोबिया लागेछ तपाईलाई |

बिरामी २  : ( खुसि हुदै ) बल्ल रोग पत्ता लाग्यो | रोग को नाम पनि सुने सुने जस्तो लाग्यो डाक्टर साब |  अहिले अपरेसन् गर्नुपर्ने ? खै कता हुन्छ अपरेसन ? कस्ले गर्ने हो ? गरौ न त |

बिचित्रे : कसले ???? मैले नि | डाक्टर ले नगरे कसले गर्छ अपरेसन ?

बिरामी २: अनि अपरेसन गर्ने त अर्कै हुन्छन भन्ने सुनेको थिए डाक्टर साब, मलाइ तपाई माथि अलीकति संका लाग्यो है | तपाई कहाँ बाट पढेर आउनुभा ?

( बैकुंठे मुख बिगार्छ )

बिचित्रे : मलाई संका गर्ने ? म ठुलो डाक्टर , गाउ मा सेवा गर्न भनेर आएको , अनेक संका गर्ने ? ( रिसाउदै )

बैकुंठे : वहा बरिस्ठ डाक्टर , हाम्रै छिमेक को घोटाला युनिभर्सिटीमा पढेर आउनुभाको , डाक्टर बिचित्र शर्मा , MBBSTUVWXYZ

बिरामी २: हँ ??? MBBS चाहिं सुनेको थिए , यो त के हो ?

बैकुंठे : यो खत्रा डिग्री हो | अरु डाक्टर को MBBS हुन्छ ,  हाम्रो डाक्टर साब को Z सम्मै छ , MBBSTUVWXYZ | अब यो कुर्सि मा सुत्नुस | अपरेसन गर्नुपर्यो छिट्टो , फेरी गैयेला नि छिट्टै |

 बिरामी २ : हस डाक्टर साब ( बेड मा सुत्छ )

बिचित्रे : ए बैकुंठे ,,,, जा जा अपरेसन को सामान ले छिट्टो |
 [ बैकुंठे बाहिर निस्किन्छ र झोलामा सामान लिएर आउछ ... ( सामान : आरा , कैची , हतौडा , टेप आदि इत्यादि ) ]
(बिचित्रे एक एक गरि झोला बाट सामान झिक्दै जान्छ)

बिरामी २ : तैट, ( जुरुक्क उठेर ) के हो यो ? अबुईई ..... गर्दिन मा अपरेसन सपरेसन् | तिमेरुलाई फटाहा हो | मलाइ मार्न खोजेको ? ( रिसाउदै )                                                                                                                                                                                                                                                                                                                                                                       
( बिरामी २ कोठा बाट आत्तिएर भाग्छ )

बिचित्रे : अपरेसन गरेर अलीकती बढी पैसा लिउ भनेको , भागीगो नि तेरा बाजे बिरामी |
( कोठामा लालु र सुब्बे नि आइपुग्छन )

लालु : हेन , कतैबाट फोन आयेछैन ? एम्बुलेन्स मगाएन ?म त बसेको बसे छु रे | हल्का कुदाम एम्बुलेन्स भनेको ,मजै भएन नि |

सुब्बे : त्येही भन्या , ऊता पसल मा नि बिहान देखि जम्मा एक जना बिरामी ले औसधि लिएर गयो |

बिचित्रे : पख न पख , भर्खर त सुरुवात हुदैछ , के एक्कै दिन मा बिल्डिंग ठोक्छ्स ? धैर्य गर्न सिकेको छैनस दुइ दिन को जिन्दगानीमा ?

( बिरामी १ र बिरामी २ कोठामा ३ जना पुलिस लिएर छिर्छन ) ( रिसाउदै, आक्रोशित हुदै )

बिरामी १ : ऊ ! यिनेरु नै हुन सहि साब , मलाई जे पायो त्येही औसधि दिएर मार्न खोज्ने |

बिरामी २ : हो सहि साब , मलाई पनि झन्डै अपरेसन गर्न लागेका थिए , आरा , कैची , हतौडा के के प्रयोग गरेर | जसो तसो ज्यान बचाएर भागें सहि साब, छेरौटि लाग्या बेलामा | यिनेरु तव ठग हुन सहि साब , छोड्नु हुदैन इनेरुलाई |

बिरामी १ : मलाई पनि टाउका मा इएरफोन लगार जाचे , जे पायो त्येही औसधि दिएर मार्ने , हत्या गर्ने प्रयाश गरे सहि साब मलाई यिनीहरुले | ( झोक्किदै ) यिनीहरु लाइ त म कहाँ छोड्छु | ( सुरियेर गएर बिचित्रे को कपाल भुताल्न थाल्छ )

पुलिस १ : ( छुट्याउदै )  छोड्दिनुस , अब जे गर्छ, कानुन ले गर्छ | सब इन्सपेक्टर बुलबुल पाण्डे को फन्दा मा परेसी निस्किन गाह्रो छ |  ए केटा हो, समात यिनीहरुलाई | ( जूँगा बटार्दै ) तपाइँ हरु जानुहोस , अब हामि ठिक पार्छु यीनिहरुलाई |

 ( बिरामी १ र बिरामी २ कोठा बाट बाहिर निस्कंछन | पुलिस हरुले चार जना लाइ नै समातेर अलि पर लिएर जान्छन )
दृश्य ३

लालु : सही साब ???? सब करतूत यिनीहरु ३ जना को हो | हामि त बस एम्बुलेन्स चलाने गर्छु | हामीलाई नराम्रो संग फसाएछ  सहि साब इनिहरुले | गोलि ठोकिदिनु सहि साब यो सप्पै लाइ , परेको हामि बेहोर्छु , हाम्रो बिहार मा राम्रो लिंक छ |  ( डराउदै )

सुब्बे :  म हैन सहि साब , यिनीहरु दुइटा हो | ( बिचित्रे र बैकुंठे तिर देखाउदै ) मो ता जरिबुटि बेच्ने मान्छे , फोसायो सहि साब , पानि मुनि हिलो मै गाड्यो मुलाइ |

( ३ जना पुलिस हास्न थाल्छन , बिचित्रे नि हास्न थाल्छ, अरु छक्क परेर हेर्छन | बुलबुल पाण्डे ले आफ्नो नक्कली जूँगा निकाल्छ )

पुलिस १ :  भयो , धेरै नडरा | हामि ......हामि नि तिमेरु जस्तै हो | ( जोड जोड ले हास्छन )

बैकुंठे, सुब्बे , लालु : ( एकै स्वोर मा ) नक्कली पुलिस ?????  ( राहत को सास फेर्दै )

पुलिस १ : अँ ! नक्कली पुलिस |                                                                                                                                                                                                                                                                                                                                   
बिचित्रे : मैले यस्तै पर्ला भनेर , इनिहरुलाई नक्कली पुलिस बनार राख्या थिएँ | साला भातमारा हरु ! पुलिस देखेसी त सबै ओकल्ने रैछास नि तिमीहरुले | दुइ जिब्रे हरु ! ( ३ जना लाई प्याट प्याट टाउका मा हिर्काऊछ )

लालु : हामीले अलि हैन के , सुब्बे ले चाहि हो | ( हास्छ )
(सबै जना स्टेज बाट ओझेल हुन्छन )
नाटक: खुरापात
Tagged Under:
Drama Script in Nepali
Drama Script for School
Drama Script download pdf
Drama in Nepali
Nepali natak Script
Drama for school function
Drama script

Post a Comment

0 Comments