पाठ - पाँच “भलाद्मी”      -लक्ष्मीप्रसाद देवकोटा पाठ - पाँच “भलाद्मी”      -लक्ष्मीप्रसाद देवकोटा
Hamro Library
Hamro Library

पाठ - पाँच “भलाद्मी”      -लक्ष्मीप्रसाद देवकोटा

पाठ - पाँच   “भलाद्मी”  - लक्ष्मीप्रसाद देवकोटा

निबन्धको मूल भाव -

पाठ - पाँच  “भलाद्मी”      -लक्ष्मीप्रसाद देवकोटा
          नेपाली साहित्यका धेरै विधामा कलम चलाएर विशिष्ट पहिचान बनाउन सफल साहित्यकार लक्ष्मीप्रसाद देवकोटा (१९६६ – २०१६) मूलतः कवि हुन भने त्यसपछि उत्कृष्ट निबन्धकार हुन् | उनीद्वारा लिखित भलाद्मी निबन्धमा उनले भलाद्मी हुँ भन्ने बुद्दिजीवीलाई तीतो ब्यङ्ग्य प्रहार गरेको छन् |

          वास्तवमा भलाद्मी भनेका असल सहृदयी, विनयर दयालु हुन्छन् | त्यस्ता मानिसलाई समाजमा मान सम्मान गरिन्छ तर हिजो आज समाजमा भलाद्मी हुनको अर्थ बदलिएको छ | यस निबन्धले विशेष गरेर मानवीय कमजोरीको तीब्र रुपमा व्यङ्ग्य गरेका छन् | निबन्धमा ज्ञानविहिन बोक्रे र आडम्बरी व्यक्तिलाई मुख्यरुपमा व्यङ्ग्य प्रहार गरेको पाइन्छ| जोसँग ज्ञान छैन अथवा अर्ध ज्ञान छ, त्यस्तो मानिस पहिरनमा रमाउछ र सडक वा गल्लीमा तडक भडक गर्दै हिड्छ | यस्ता बोक्रे व्यक्तिलाई सडकमा भौतारिएर हिड्ने कुकुरले पनि गिन्ती नगर्ने संकेतको अभिव्यक्ति यस निबन्धका माध्यमबाट गरिएको छ | यहाँ सच्चा विद्वान र परिश्रमी मानिसले स्थान पाउनको सट्टातडकभडक गरेर हिड्ने व्यक्तिहरुले स्थान पाएर समाज र देशलाई नै खतम परिरहेका छन् | सबैले यिनीहरुको वास्तविकतालाई बुझेर अगाडि बड्न सकेमा यिनीहरुको अस्तित्व रहने छैन |

            यस्तो विकृतिले समाज र देशको अस्तित्व नरहने भएकाले सच्चा भलादमीको पहिचान गर्नु सबैको दायित्व भएको छ | यसरी सच्चा भलादमीको पहिचान गर्न नसकेसम्म समाजको बिकृति,विसंगति पक्ष झन् मौलाउने भएकाले यसको अन्त्यका लागि हामीले वास्तविक भलाद्मीको पहिचान गर्न र सच्चा भलादमी बन्न सक्नु पर्दछ भन्ने कुरालाई यस निबन्धले बेखाउना खोजेको पाइन्छ |

By Manish Pokharel (M. Ed in Nepali)

Please leave your comment

If this article has helped you, please leave a comment.

Previous Article Next Article