पाठ: तीन  “आइमाई साथी”  - श्यामप्रसाद शर्मा पाठ: तीन  “आइमाई साथी”  - श्यामप्रसाद शर्मा
Hamro Library
Hamro Library

पाठ: तीन  “आइमाई साथी”  - श्यामप्रसाद शर्मा

पाठ: तीन   “आइमाई साथी”      - श्यामप्रसाद शर्मा

मूलभाव -

पाठ: तीन  “आइमाई साथी”  - श्यामप्रसाद शर्मा
 निबन्धकारश्यामप्रसादशर्माको आइमाई साथी प्रगतिशील निबन्ध हो | साहित्य र राजनीति जस्ता क्षेत्रमा नारीहरु कम हुनु नै नेपाली समाजमा पुरुष र नारी बीचको भेदभावपूर्ण ब्यबहारहो, पूर्व मेची देखि पश्चिम महाकाली र हिमाल देखि तराईसम्म बसोबास गर्ने साधारण नारीमा जागृति ल्याउन सक्नु पर्छ भन्ने  दृष्टिकोण यस निबन्धको रहेको पाइन्छ|

        आइमाई साथी बनाए पनि समाजका कारणले त्योमित्रता दिगो हुन नसक्ने र विदेशमा भन्दा स्वदेशमा नारी साथी बनाउन गाह्रो पर्ने कुरालाई निबन्धकारले उल्लेख गरेका छन् | हाम्रो समाजमा बुबाले आफू प्रगतिशील हुँ भनेरसोच्ने छोरीको चिठी आए लुकाउन पछि नपर्ने भाव समेत यस निबन्धमा उल्लेख भएको पाइन्छ| त्यसै गरी उनीहरुले घरमा आएका साथीहरुलाई आफ्ना परिवारका सदस्यसँग परिचय समेत गराउदैनन् | नारी र पुरुष भनेको एउटा रथका दुई पांग्रा हुन् एउटाको अभावमा अर्कोले कार्य गर्न सक्दैन | समाजमा पुरुषको जत्तिकै अधिकार महिलामा पनि हुनु आवश्य छ | नारीपुरुष बीचमा कुविचार नरहोस् भन्ने भाव यस निबन्धमा पाइन्छ |विपरीत लिङ्गलाई साथी बनाउदैमा मनोकांक्षा कुण्ठित हुन्छ भन्नु आत्मालाई नचिन्नु हो | त्यो समय र अहिलेको समयमा धेरै परिवर्तन आएको तर पनि यस समाजमा नारीको चेतनामा विकास नभएका कारण पुरुषसँग बोल्न लजाउनु उनीहरुको कमजोरी पक्ष हो |

           यसरी पचास वर्ष अगाडिको र अहिलेको समाजमा परिवर्तनले फट्को मार्दै आइरहेको छ | त्यसै गरी  यस समाजलाई अझ विकसित गराउदै नारी र पुरुषमा समानताको सोच पैदा गराउन सक्नु पर्दछ भन्ने भाव यस निबन्धमा रहेको पाइन्छ |
By Manish Pokharel (M. Ed in Nepali)

Please leave your comment

If this article has helped you, please leave a comment.

Previous Article Next Article