वर्ण वर्ण
Hamro Library
Hamro Library

वर्ण

वर्ण

वर्ण-varna-barna-nepali-byakaran
नेपाली भाषाका वर्णहरुलाई कथ्य र लेख्य गरी दुई किसिममा राखेर अध्ययन गर्न सकिन्छ | अ देखि अ: सम्मका१३ओटा लेख्यस्वर वर्णहरु हुन्भने(अ,आ,इ,उ,ए,ओ) ६ ओटा कथ्य स्वर वर्णहरु हुन् |

व्यन्जन वर्ण अन्तर्गतका क देखि ज्ञ सम्मका ३६ ओटा लेख्य व्यन्जनवर्णहरुहुन् भने (क,ख,ग,घ,ङ,/च,छ,ज,झ,/ट,ठ,ड,ढ,/त,थ,द, ध,न,/प,फ,बा,भ,म,/य,र,ल,व,स,ह,)२९ ओटा कथ्य व्यन्जन वर्णहरु हुन् |

कथ्य व्यन्जन वर्णहरुलाई उच्चारण स्थान,प्रयत्न,घोषत्व रप्राणत्व आधारमा वर्गीकरण गर्न सकिन्छ | जसलाई निम्नानुसार प्रस्तुत गरिएको छ –

उच्चारण स्थानका आधारमा  –

१कण्ठ्य ( क,ख,ग,घ,ङ) -५
२ वर्त्स्य (च,छ,ज,झ,/ट,ठ,ड,ढ,/न,र,ल,स,) -१२
३ दन्त्य( त,थ,द,ध,) -४
४ ओष्ठ्य (प,फ,ब,भ,म,व,) -६
५ अतिकण्ठ्य (ह) -१
६तालव्य (य) -१

उच्चारणप्रयत्नका आधारमा

१ स्पर्शी (क,ख,ग,घ,/ट,ठ,ड,ढ,/त,थ,द,ध,/प,फ,ब,भ,) -१६
२ स्पर्श सङ्घर्षी (च,छ,ज,झ,) -४
३ सङ्घर्षी (स,ह) -२
४ नसिक्य (ङ,न,म) -३
५ अर्धस्वर (य,व) -२
६ कम्पित (र) -१
७ पार्श्विक (ल) -१

घोषत्वका आधारमा

-
-

य र ल व  स  ह

१ अघोष १,२,स
(क,च,ट,त,प/ख,छ,ठ,थ,फ/स) -११

२ सघोष ३,४,५,य,र,ल,व,ह
(ग,ज,ड,द,ब/घ,झ,ढ,ध,भ/ङ,न,मय,र,ल,व,ह,) -१८

प्राणत्वका आधारमा

१ अल्पप्रण१,३,५,य,र,ल,व
(क,च,ट,त,प/ग,ज,ड,द,ब/ङ,न,म/य,र,ल,व) -१७

२ महाप्राण २,४,स,ह
(ख,छ ठ,थ,फ/घ,झ,ढ,ध,भ/स,ह) - १२
By Manish Pokharel ( M. Ed in Nepali)

Please leave your comment

If this article has helped you, please leave a comment.

Previous Article Next Article