This Website is on Sale

Price: Rs. 87,000 (Non-Negotiable)

Contact: 9842334585

पाठ: दुई “छिमेकी”- गुरुप्रसाद मैनाली

पाठ: दुई “छिमेकी”     - गुरुप्रसाद मैनाली

कथाको मूलभाव 

गुरुप्रसाद मैनाली-छिमेकी
 छिमेकी कथा गुरुप्रसाद मैनाली ( वि.स. १९५७ – २०२८) को नासो कथा सङ्ग्रहमा सङ्ग्रहीत रहेको छ | मैनाली एक ग्रामिण परिवेशमा कथा लेख्ने सामाजिक यथार्थवादी कथाकार हुन् | उनले यस कथामा मानिसलाई आपत बिपत वा समस्या पर्दा अथवा खुसी वा मनोरन्जनको अवस्थामा साथ दिने अरु कोही नभएर घर जोडिएर रहेको छिमेकी नै हुन्छ भन्ने कुरालाई यस कथाका माध्यमबाट स्पष्ट परेका छन् |

        मानिसमा हुने झिना मसिना गल्तिका कारणले कहिलेकांही छिमेकीको सम्बन्ध बिग्रन सक्छ तर पनि मर्दापर्दाको सहयोगी भने छिमेकी नै हुन्छ | छिमेकीसंगको सम्बन्धमा जातजाति, वर्ग, धर्म, जस्ताकुराहरुमा विभेद हुनु हुदैन भन्ने विचार यस कथामा रहेको पाइन्छ |मैनालीले प्राकृतिक सुन्दरताले भरिपूर्ण एउटा गाउँलाई परिवेशका रुपमा लिएका छन् | त्यस गाउँमा रहेका गुमाने र धनजिते जस्ता पत्रहरुलाई लिएर ग्रामीण समाजमा हुने गरेका घटनालाई यस कथामा प्रस्तुत गरेका छन् | यस कथाको मूख्य सन्देश भनेको सानोतिनो कुरालाई ठूलो रुपमा लिनु हुदैन, समस्याको समाधान तर्फ अगाडि बढ्नु पर्छ | जसरी मानव शरिरलाईकपडाको महत्व छ, त्यसरी नै समाज अथवा गाउँमा छिमेकीको महत्व हुनुपर्छ भन्ने सन्देश यस कथाको रहेको छ |

           तसर्थ जस्तो सुकै काल, खण्ड, परिस्थितिमा पनि छिमेकीलाई छिमेकीकै साथ र सहयोग आवश्यकता पर्ने भएकाले नै छिमेकीलाई जिउँदाको जन्ती र मर्दाको मलामी भनिन्छ |

By Manish Pokharel (M. Ed in Nepali)

0 Comments

If this article has helped you, please leave a comment.